जापानमा आगलागी, दर्जनौँ कुकुर मरे
नेपालखोज
२०८१ पुष १० गते १८:०७

टोकियो । जापानको उत्तरी टापु होक्काइडोको प्रजनन केन्द्रमा बुधबार बिहान आगलागी हुँदा दर्जनौँ कुकुर मरेको एक अधिकारीले बताएका छन् । मध्यरातमा सुरु भएको आगो निभाउन दमकलकर्मीहरूलाई करिब चार घन्टा लागेको थियो ।
आगलागीबाट विभिन्न जातका ३४ साना कुकुरको मृत्यु भएको होक्काइडोको चिटोज शहरका फायर स्टेशन अधिकारीले बताए ।
अधिकारी र स्थानीय सञ्चारमाध्यमका अनुसार डाक्सहुन्ड र पुडल सहित ७० देखि ८० कुकुर त्यस सुविधामा राखिएका थिए ।
होक्काइडो कल्चरल ब्रोडकास्टिङको रिपोर्ट अनुसार कारण अज्ञात रहे पनि प्रजनक (ब्रिडर) ले मङ्गलबार राति कुकुर खोरको स्टोभमा ‘केही दाउरा थपेको’ अनुसन्धानकर्ताहरूलाई बताए । रासस/एएफपी
सम्बन्धित
प्रतिक्रिया