वृष राशिको वार्षिक राशिफल-२०२५

वैदिक ज्योतिषशास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश- बिदेशमा ठूलो प्रभाव पार्नेछ ।
याे वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन भने शनि मीन राशिमा प्रवेश गर्नेछन । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् ।
यसबाहेक सूर्य, बुध, चन्द्रमा, मंगल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रसस्त लाभ हुनेछ ।
वृष राशिको वार्षिक राशिफल
वर्ष २०२५ वृष राशिका मानिसहरूका लागि मिश्रित रहनेछ । वर्षको सुरुमा विशेष गरी जनवरीदेखि मार्चसम्म वित्तीय मामिलामा केही उतार/चढाव भोग्नु पर्नेछ ।
वर्षको सुरुदेखि आफ्नो वित्तीय योजना सुधार तथा भविष्यका लागि केही बचत गर्न आवश्यक छ । अप्रिल र मे महिनाहरूमा कार्यस्थलमा केही राम्रा अवसरहरू प्राप्त गर्न सकिनेछ, जसले तपाईंको स्थितिलाई बलियो बनाउन सक्छ ।
वर्षको मध्यमा आफूलाई मानसिक एवं शारीरिक रूपमा सन्तुलित राख्न आवश्यक छ । यदि आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने स्वास्थ्य सम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । पारिवारिक मामिलामा केही समस्या सृजना हुनसक्छ ।
यद्यपि धैर्यता र समझदारीका साथ समस्या समाधान गर्ने हो भने यो वर्ष तपाईका लागि राम्रो साबित हुनेछ । सेप्टेम्बर र अक्टोबर महिनाहरूमा तपाईंको ध्यान काम र व्यवसायिक जीवनमा हुनेछ। यो समय करियरको दृष्टिकोणबाट महत्त्वपूर्ण छ ।
यदि जागिर परिवर्तन गर्ने कुरा सोच्दै हुनुहुन्छ भने यो समय उपयुक्त साबित हुन सक्छ । आफ्नो प्रयासलाई कार्यस्थलमा थप सन्तुलित र व्यवस्थित बनाउन सके अझ राम्रो परिणाम आउनेछ ।
वर्षको अन्त्यमा आफ्नो कडा परिश्रमको राम्रो नतिजा प्राप्त हुनेछ । विशेष गरी डिसेम्बरमा करियरको नयाँ उचाइमा पुग्ने सम्भावना छ । पारिवारिक जीवनमा पनि सुख र सन्तुलन कायम रहनेछ ।
प्रतिक्रिया