अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन : ओली

नेपालखोज २०८१ पुष ११ गते १३:३८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे धेरै चर्चा गर्न आवश्यक नरहेकाे बताएका छन् ।

बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतबाट आफूलाई भ्रमणको निम्तो नआएको भन्दै निम्तो आए भ्रमणमा निस्कने बताएका हुन् ।

‘अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन ।’

प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।

प्रतिक्रिया