सोमबार, वैशाख ३१, २०८१

फिल्म ‘मलंग’को आम्दानी सातामा २५.३६ करोड

नेपालखोज २०७६ माघ २८ गते ९:०४

एजेनसी । आदित्य रोय कपूर र दिशा पाटनीको मुख्य भूमिका रहेको फिल्म ‘मलंग’ले उत्कृष्ट व्यापार गरिरहेको छ । फेब्रुअरी ७ मा रिलिज भएको फिल्मले पहिलो दिन ६.७१ करोडको कलेक्सन गरेको थियो ।

व्यापार विश्लेषकहरूले पहिलो दिन फिल्मले ५ देखि ८ करोडसम्म कमाउने अनुमान गरेका थिए । शनिवार अर्थात् रिलिजको दोस्रो दिन मलंगको कलेक्सनमा बढोत्तरी भयो । शनिवार फिल्मले ८.८९ करोड कमायो ।

आइतवार भने फिल्मको कलेक्सन ९.७६ करोड थियो । फिल्म पहिलो साता कुल २५.३६ करोड कलेक्सन गरेको छ ।

आदित्य रोय कपूरको सोलो लीड रहेको फिल्ममध्ये यो सात वर्षयताकै उत्कृष्ट हो । आशिकी २ ले पहिलो साता २०.५ करोड कलेक्सन गरेको थियो । त्यस्तै फितूरले पहिलो साता १४.११ करोड कमाउँदा ‘ओके जानू’ले १३.८ करोड कमाएको थियो ।

प्रतिक्रिया