४ अंकले बढ्याे, पाँच अर्ब ३२ करोडको काराेबार

काठमाडौं । साताको पाँचौँ कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ४.१९ अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २ हजार ६३०.७१ बिन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ३१० कम्पनीको ६१ हजार ८३९ पटककको कारोबारमा दुई करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा चार समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २५.४६ अंकले बढेर १ हजार ४२७.९१ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक ७.१९ अंकले बढेर चार हजार ९२२.४७ अंकमा पुगेको छ ।
यसैगरी लगानी र व्यापार समूहको सूचक क्रमश: शुन्य.२७ र १०६.७० अंकले बढेका छन् । विकास बैंक समूहको सूचक भने १३६.९६ अंकले बढेर पाँच हजार ३६६.११ अंकमा झरेको छ । फाईनान्स समूहको सूचक ८५.३० अंकले घटेर तीन हजार ७३.२५ अंकमा पुगेको छ ।
जलबिद्युत समूहको सूचक ४५. ३८ अंकले घटेर तीन हजार ४९४.९८ अंकमा झरेको छ । जिवन बिमा समूहको सूचक ३८.१७ अंकले घटेर १२ हजार ४९३.७३ अंकमा झरेको छ । यसैगरी निर्जीवन बिमा समूहको सूचक ३३.४९ अंकले घटेर १२ हजार ४६०. ४२ अंकमा झरेकोमा होटेल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समूहको सूचक क्रमशः ५०.७४, पाँच. ५१, शुन्य.शुन्य चार र ३.१३ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने प्रभु बैंक पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया