चकलेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा
नेपालखोज
२०८१ पुष ११ गते १५:४१

काठमाडौं । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१४ पावर हाउस चोकबाट पौष १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका चकलेट बोकेको म्युजिक भ्यान नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रूपले ना १ ज ७८४५ नम्बरको म्युजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको चकलेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिइएको हो ।
बरामद चकलेट तथा भ्यान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ । बरामद चकलेट तथा भ्यानको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको छ । गाडी चालक भने फरार रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया