कर्कट राशिको वार्षिक राशिफल – २०२५

वैदिक ज्योतिष शास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश – विदेशमा ठुलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछन् भने शनि मीन राशिमा प्रवेश गर्नेछन् । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछ । यसबाहेक सूर्य, बुध, चन्द्रमा, मङ्गल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्ज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रशस्त लाभ हुनेछ।
कर्कट राशिको वार्षिक राशिफल- २०२५ राशिको वार्षिक राशिफल
वर्ष २०२५ तपाईंका लागि चुनौतीपूर्ण हुन सक्छ । यद्यपी आफ्ना कार्यमा सही दिशामा प्रयास गर्ने हो भने यो वर्ष लाभदायक साबित हुन सक्छ । जनवरी र फेब्रुअरीमा तपाईंको ध्यान आफ्नो व्यक्तिगत जीवन र स्वास्थ्यमा केन्द्रित हुनेछ । यती बेला तपाईंले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ र मानसिक तनावबाट आफूलाई जोगाउने उपाय अपनाउनुपर्नेछ ।
मार्च देखि मे सम्मको समय करियरको हिसाबले राम्रो हुन सक्छ । यदि आफ्नो कार्य क्षेत्रमा परिवर्तन गर्न वा नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो समय उपयुक्त हुनेछ। कार्यस्थलमा तपाईंको प्रयासलाई मान्यता दिइनेछ र पदोन्नति प्राप्त गर्न सक्नुहुन्छ।
मे र जुनको बीचमा परिवार र सम्बन्धमा केही समस्याको सामना गर्नु पर्ने हुन्छ ।
प्रियजनसँग समय बिताउन र उनीहरूसँग राम्रो सञ्चार स्थापना गर्न आवश्यक छ। जुनदेखि अगस्टसम्मका महिनामा मनोबल बढ्नेछ भने केही ठूला निर्णयमा विश्वस्त महसुस गर्न पाईनेछ । यो समय आर्थिक दृष्टिले लाभदायक साबित हुन सक्छ। सेप्टेम्बर र अक्टोबर महिनामा यात्राको अवसर जुटनेछ । यो आत्मनिरीक्षण र भविष्यका योजना बनाउने समय हो ।
कार्यस्थलमा कामको दबाब भए पनि आफ्नो सीप र कडा परिश्रमले त्यस बाट पार पाईनेछ । वर्षको अन्त्यमा आत्मविश्वास बढ्नेछ भने आफ्ना लक्ष्यहरूमा पूर्ण रूपमा समर्पित हुन सकिनेछ । कार्यस्थलमा स्थिरता महसुस हुनुका साथै परिवार र नातागोता बीच सदभाव रहनेछ ।

प्रतिक्रिया