भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति दाहालले गरे दु:ख व्यक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
शुक्रबार शोक वक्तव्य निकाल्दै अध्यक्ष दाहालले निधनप्रति दु:ख व्यक्त गरेका हुन् । उनले आफू पहिलो पटक सन् २००८ मा प्रधानमन्त्री हुँदा सिंहले न्यानो आतिथ्यता दिएको समेत स्मरण गरे ।
‘भारतका सम्माननीय पूर्वप्रधानमन्त्री डा।मनमोहन सिंहको निधनको दुखद खबर सुनेर म अत्यन्तै दुःखी छु,’ अध्यक्ष दाहालले भने, ’सन् २००८ मा नेपालको गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा उहाँको न्यानो आतिथ्यताको अनुभव गर्ने सुअवसर पाएको थिएँ ।‘
पहिलोपटक भारत भ्रमणको क्रममा नेपाल-भारत सम्बन्ध र पारस्परिक हितका विषयमा व्यापक र स्पष्ट छलफल भएको, विश्वव्यापी मुद्दाहरु, क्षेत्रीय राजनीति सम्बन्धमा भएका वार्ताहरु सम्झिरने प्रचण्डले उल्लेख गरेका छन् ।
सिंहप्रति हार्दिक श्रद्धाञ्जली दिँदै उलने परिवार, भारतका जनता र भारत सरकारप्रति गहिरो समवेदना दिए ।

प्रतिक्रिया