राष्ट्रिय परिचयपत्र विवादकाे सुनुवाइ आज पनि हुँदै
नेपालखोज
२०८१ पुष १२ गते ११:५७

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय परिचयपत्र विवाद सम्वन्धी मुद्दाकाे सुनुवाइ शुक्रबार पनि हुने भएकाे छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दाकाे सुनुवाइ बिहीकार ‘हेर्दाहेर्दै’मा राखिए पछि आज पनि हुने भएकाे हाे ।
मंगलबार सरकारको भ्याकेटमा सरकारका तर्फबाट बहस भएको थियो । आज रिट निवेदकका तर्फबाट बहसपछि सर्वोच्चले निर्णय सुनाउनेछ। हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको थियाे ।
यसअघि दुवै पक्षको उपस्थित नभएपछि पेशीको जानकारी दिने आदेश सर्वोच्चले गरेको थियो । उक्त आदेशपछि रिट निवेदन र सरकार दुवैका कानुन व्यवसायी उपस्थित भएपछि सर्वोच्चले बिहीबारबाट सुनुवाइ सुरू गरेकाे हाे ।
सम्बन्धित

प्रतिक्रिया