अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान

चितवन । प्राध्यापक डा यज्ञप्रसाद अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । उहाँलाई आज प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले निवासमा पुगेर सम्मान गरेका छन् ।
प्रजातान्त्रिक विचार समाजले ४८औँ राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसर पारेर भरतपुर महानगरपालिका–१० मा पुगेर अधिकारीलाई सम्मान गरेको हो ।
अवस्थ रहेका अधिकारी कार्यक्रममा उपस्थित हुन कठिन भएपछि घरमा पुगेर सम्मान गरिएको अध्यक्ष वाग्लेले बताए । प्रजातन्त्रको रक्षा र लोकतन्त्रको स्थापनमा अधिकारीले निर्वाह गरेका थिए । भूमिकाको उच्च मूल्याङ्कन गर्दै समाजले उनलाई सम्मान गरेको हो ।
विसं २००९ चैत २३ गते पर्वतमा जन्मनुभएका उहाँले नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षण विभागको सचिव, प्रजातन्त्र सम्बर्द्धन केन्द्रको उपाध्यक्ष, अन्तर्राष्ट्रिय भूपरिवेष्ठित देशको केन्द्रीय महासचिव, विश्व हिन्दू महासङ्घका आजीवन सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य रही लोकतन्त्रको रक्षा र सम्बर्द्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको समाजले जनाएको छ ।
अधिकारी त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक र लेखकसमेत रहनुभएको छ । उनका १० वटा कृतिसमेत प्रकाशित भएका छन् । सम्मान कार्यक्रममा केन्द्रीय अध्यक्ष वाग्लेले लोकतन्त्रको रक्षाका लागि लोकतन्त्रवादी एक हुन आवश्यक रहेको बताए ।
उनले भने, ‘लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक जुट हुनुपर्ने समय आएको छ ।’ लोकतान्त्रिकका लागि योगदान पुर्याउने व्यक्तिको सम्मान अहिले गर्न सकेमा मात्रै सबैको उच्च सम्मान हुने उनले बताए ।
प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष डा इश्वरीराज लौडारी, सचिव भरत दवाडी, लेखक सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र अस्तफललगायत वक्ताले लोकतन्त्रको रक्षा र यसको महत्वका बारेमा धारणा राखेका थिए ।
प्रजातान्त्रिक विचार समाजका चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम ‘लोकतन्त्रमा शिक्षा र स्वास्थ्य आजका युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
जिल्लाका १३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एकता शिशुनिकेतनकी आकृति ढकाल प्रथम, एपेक्स एकेडेमिका टोलप्रसाद काफ्ले द्धितिय, ग्लोसाइन एकेडेमिकी बन्दना पुडासैनी तृतिय भए । भिमोदय माध्यामिक विद्यालयका महेश शर्माले सान्तना स्थान प्राप्त गरेका थिए ।
वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीले लोकतन्त्र स्थापनासँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले आवश्यकता अनुसार लगानी गर्न नसक्दा देशका युवा विदेश पलायन हुनुपरेकोमा दुःख व्यक्त गरेका थिए ।

प्रतिक्रिया