‘आगामी निर्वाचनमा कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्ने’
नेपालखोज
२०८१ पुष १४ गते २१:१०
महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने बताएका छन् ।
कांग्रेसको लक्ष्य तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको उनले बताए । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने बताए ।
दुई/दुई महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको उनले बताए ।
सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने समय आएको नेता कोइरालाको भनाइ थियो । पार्टीको महाधिवेशन समयमै गर्न पनि उनले जोड दिए । रासस
सम्बन्धित

प्रतिक्रिया