प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना
नेपालखोज
२०८१ पुष १५ गते १०:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिए ।
उनले सन्देशमा भने, ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना !’ सामाजिक सञ्जालमा भनिएकोे छ ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषको झल्झली सम्झना आउँछ ।’
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यसपर्वको महत्त्व रहेको बताइन्छ ।
सम्बन्धित

प्रतिक्रिया