कुम्भ राशिको वार्षिक राशिफल – २०२५

नेपालखोज २०८१ पुष १६ गते ५:००

वैदिक ज्योतिष शास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश ( विदेशमा ठुलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछ भने शनि मीन राशिमा प्रवेश गर्नेछ । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् । यसबाहेक सूर्य, बुध, चन्द्रमा, मङ्गल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्ज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रशस्त लाभ हुनेछ।

कुम्भ राशिको वार्षिक राशिफल

कुम्भ राशिका लागि वर्ष २०२५ आत्म(निर्माण, सम्बन्धमा मेलमिलाप र करियरमा नयाँ दिशाको वर्ष साबित हुनेछ । यो वर्ष व्यक्तिगत र व्यवसायिक जीवनमा नयाँ अवसरहरू जुटने छन् तर त्यसका लागि केही कठिनाइको सामना समेत गर्नुपर्नेछ । तपाईंको रचनात्मकता र दृष्टिकोण आफ्नै भविष्यका लागि महत्त्वपूर्ण हुनेछ ।

जनवरी देखि मार्च सम्म अर्थात् वर्षको सुरुमा नयाँ ऊर्जा र प्रेरणाले भरिएको महसुस हुनेछ । नयाँ वर्षको आगमन केही नयाँ योजना र विचारका साथ हुनेछ । कार्यस्थलमा केही चुनौतीपूर्ण परियोजना प्राप्त हुन सक्छ जसमा तपाईंले आफ्नो क्षमता र सोच्ने शक्ति प्रमाणित गर्नुपर्नेछ । यतिबेला आफ्नो टोली वा सहकर्मीहरूसँग समन्वय कायम राख्नु महत्त्वपूर्ण हुनेछ । व्यक्तिगत जीवनमा केही भ्रम सृजना हुन सक्छ, विशेष गरी यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने । परिवारसँग समय बिताएर उनीहरूको विचार बुझ्दा सम्बन्धमा सुधार आउनेछ ।

वित्तीय दृष्टिकोणबाट वर्षको सुरुवात राम्रो छ तर ठूलो लगानीबाट जोगिनु होला । कुनै पनि निर्णय लिनु अघि ध्यानपूर्वक सोच बिचार गर्नुहोस् । स्वास्थ्यको सन्दर्भमा मानसिक तनावबाट जोगिन आफ्नो दिनचर्यालाई प्राथमिकता दिनुहोस् र समयमा आराम गर्नुहोस् ।

अप्रिलदेखि जुनसम्मको वर्षको दोस्रो चरणमा नयाँ विचार र योजना लिएर अगाडि बढ्न सकिनेछ । करियरमा नयाँ अवसरहरू जुटने छन् । लामो समयदेखि अपेक्षा गरेको कुरा प्राप्त हुनसक्छ । यदि तपाईं व्यवशायी हो भने कार्य शैलीमा केही नयाँ रणनीति अपनाउनु पर्नेछ । आफ्नो आर्थिक स्थिति बलियो बनाउन कुनै नयाँ योजनालाई मुर्त रुप दिनुपर्नेछ ।

यतिबेला थोरै भावनात्मक भ्रम सृजना हुन सक्छ र तपाईं आफ्ना प्राथमिकताहरूका बारेमा भ्रमित हुन सक्नुहुन्छ । यद्यपि तपाईंले यसमा सन्तुलन प्राप्त गर्नुहुनेछ । कुनै पनि प्रकारको सम्बन्धमा समय बिताउनु तपाईंका लागि महत्त्वपूर्ण हुनेछ । नजिकका साथीहरू वा परिवारसँग बढी समय बिताउन सक्नुहुन्छ । स्वास्थ्यमा कुनै ठूलो समस्या देखा पर्ने संकेत छैन । यद्यपि ध्यान वा योग अभ्यास मानसिक शान्तिका लागि लाभदायक हुनेछ ।

जुलाई देखि सेप्टेम्बर सम्मको गर्मी महिना केही हिसाकले चुनौतीपूर्ण हुन सक्छ । सम्बन्धहरूमा केही तनाव उत्पन्न हुन सक्छ, विशेष गरी यदि महत्त्वपूर्ण सम्बन्धमा कुनै गलतफहमी छ वा कुनै मुद्दालाई बेवास्ता गर्नुभएको छ भने । यद्यपि यी महिनाहरू तपाईंको रचनात्मकता र व्यवसायिक दृष्टिकोण विकासमा उपयुक्त साबित हुनेछन् । तपाईंको विचार र मनोवृत्ति विशिष्ट हुनेछ र यो तपाईंको करियर नयाँ दिशामा जाने समय साबित हुन सक्छ ।

आर्थिक अवस्थामा सुधार आउनेछ भने तपाईंले गर्नुहुने कडा परिश्रमले फल दिनेछ । काममा व्यस्त भए पनि आराम गर्न र मानसिक तनावबाट जोगिन समय निकाल्नुपर्नेछ । सम्बन्धको मामिलामा धैर्य गर्नुपर्नेछ किनभने तपाईंले केही मामिलामा हतारमा निर्णय लिन सक्नुहुन्छ ।

अक्टोबर देखि डिसेम्बर अर्थात् वर्षको अन्तिम महिना सन्तुलन र समृद्धिको समय साबित हुनेछ । करियरमा राम्रो सफलता हात पर्नेछ । यदि पहिले नै कुनै नयाँ काम सुरु गरिसक्नुभएको छ भने त्यसले राम्रो नतिजा दिन थाल्नेछ । वित्तीय स्थिति स्थिर हुनेछ । ठूलो लगानी वा जोखिमबाट जोगिनु होला । यो तपाईंका लागि आत्म(विकासको समय हो । यसले आफ्नो व्यक्तित्वमा धेरै सकारात्मक परिवर्तनहरू ल्याएको महसुस हुनेछ ।

गहिरो र सन्तुलित सम्बन्धका लागि समय उपयुुक्त छ । आफ्ना प्रियजनहरूसँग समय बिताएर आफ्नो सम्बन्धलाई अझ बलियो बनाउन सकिन्छ । डिसेम्बरको अन्त्यमा तपाईंले पूर्ण रूपमा सन्तुलित र आत्मनिर्भर महसुस गर्नुहुनेछ ।

प्रतिक्रिया