मीन राशिको वार्षिक राशिफल – २०२५

वैदिक ज्योतिष शास्त्र अनुसार नयाँ वर्ष २०२५ ग्रह र नक्षत्रको स्थितिका आधारमा विशेष रहनेछ । यो वर्ष बृहस्पति बाहेकका देवता शनि, राहु र केतुले पनि राशि परिवर्तन गर्नेछन् जसले १२ राशिका साथै देश – विदेशमा ठुलो प्रभाव पार्नेछ । यो वर्ष बृहस्पति मिथुन राशिमा प्रवेश गर्नेछ भने शनि मीन राशिमा प्रवेश गर्नेछ । यससँगै राहु कुम्भ राशिमा प्रवेश गर्नेछन् । यसबाहेक सूर्य, बुध, चन्द्रमा, मङ्गल आदिले निश्चित समयपछि राशि परिवर्तन गर्नेछन् जसले राशिहरूको जीवनलाई असर गर्नेछ । नयाँ वर्षले धेरै राशिका मानिसहरूको भाग्य र भविष्य उज्ज्वल बनाउन सक्छ भने जागिर र व्यवसायमा प्रशस्त लाभ हुनेछ।
मीन राशिको वार्षिक राशिफल
वर्ष २०२५ मीन राशिका लागि परिवर्तन र आत्मनिर्भरताको वर्ष हुनेछ । यो वर्ष व्यक्तिगत वृद्धि , सम्बन्धमा सदभाव र क्यारियरमा स्थिरताको वर्ष रहनेछ । मीन राशिका मानिसहरू प्रायः आफ्नो भित्री संसारमा हराउँछन् । यद्यपि यो वर्ष तपाईंले बाहिरी संसारसँग जोडिने र आफ्ना विचारहरू व्यक्त गर्ने मौका पाउनुहुनेछ ।
जनवरी देखि मार्च अर्थात् वर्षको शुरुवात तपाइँका लागि योजनाको समय हुनेछ । यो व्यक्तिगत र व्यवसायिक दुवै क्षेत्रमा स्थिरता तर्फ अघि बढ्ने समय हो । केही पुराना परियोजनामा ध्यान केन्द्रित गर्ने मौका पाईनेछ । तपाईंको कडा परिश्रमले फल दिनेछ । आफ्नो जीवनका केही पुराना विवादहरू समाधान गर्ने प्रयास हुनेछ । सम्बन्धहरूमा तपाईंले आफूलाई भावनात्मक रूपमा संलग्न पाउनुहुनेछ । यसले घनिष्ठ सम्बन्धका लागि बलियो आधार पनि बनाउँनेछ ।
वित्तीय दृष्टिकोणबाट यो बचत र लगानीमा ध्यान केन्द्रित गर्ने समय हो । कुनै ठुलो वित्तीय कदम चाल्नबाट भने जोगिनै पर्छ । स्वास्थ्यको सन्दर्भमा सानोतिनो समस्या हुन सक्छ तर चाँडै स्वास्थ लाभ हुनेछ। मानसिक शान्तिका लागी ध्यान र प्राणायामको अभ्यास फलदायी होला ।
अप्रिल देखि जुन सम्म व्यवसायिक जीवनमा केही महत्त्वपूर्ण परिवर्तन हुन सक्छ । तपाईंले आफूलाई थप व्यवस्थित पाउनुहुनेछ र यसले तपाईंलाई कार्यस्थलमा सफल बनाउनेछ । यदि आफ्नो व्यवसाय वा काममा कुनै नयाँ परिवर्तन गर्ने योजनामा हुनुहुन्छ भने यो समय नै उपयुक्त हुनेछ । तपाईंको कामको नतिजा राम्रो हुनेछ र आफ्नो कडा परिश्रमको फल पाउनुहुनेछ । सम्बन्धको सन्दर्भमा तपाईंले केही गलतफहमीको सामना गर्नुपर्ने हुन सक्छ । यतिबेला तपाईंले आफ्नो विचार र भावनाहरू साझा गर्न पर्याप्त समय र ठाउँ दिनुपर्छ । आफ्ना प्रियजनहरूसँग खुलेर कुरा गर्दा सम्बन्धमा सदभाव सृजना हुनेछ । स्वास्थ्यको
सन्दर्भमा कुनै ठूलो समस्या हुनेछैन तर तपाईंले शारीरिक एवं मानसिक रूपमा सक्रिय रहन आवश्यक छ ।
जुलाई देखि सेप्टेम्बर सम्मको गर्मी महिना मीन राशि हुनेहरूका लागि आत्म-विश्लेषणको समय हुनेछ । तपाईंले आफ्नो जीवनका केही ठूला निर्णयहरूका बारेमा सोच्नुहुनेछ र आत्मनिर्भरता तर्फ अघि बढ्नुहुनेछ । यो करियर र व्यक्तिगत जीवन सुधार गर्ने समय पनि हो । तपाईंले आफ्नो जीवनको उद्देश्य र दिशालाई पुनस् परिभाषित गर्नुहुनेछ।
सम्बन्धहरूमा तपाईंले आफूलाई बढी संवेदनशील र भावनात्मक पाउनुहुनेछ। तपाईंको घनिष्ठ सम्बन्धमा स्थिरता ल्याउन केही समय लिनु महत्त्वपूर्ण हुनेछ । काममा नयाँ मोड आउन सक्छ र तपाईंको कडा परिश्रमले लाभ दिने सम्भावना छ ।
वर्षको अन्तिम महिना अक्टोबरदेखि डिसेम्बरसम्म केही नयाँ सम्भावना र अवसरहरू आउनेछन् । विशेष गरी करियरमा केही नयाँ र रोमाञ्चक चुनौतीहरूको सामना गर्न सकिन्छ । तपाईंका लागि विकासका नयाँ मार्गहरू खुल्न सक्छन् । वित्तीय अवस्था स्थिर रहनेछ । सदभाव र प्रेम सम्बन्धमा बृद्धि हुनेछ । प्रियजनहरूसँग बढी समय बिताउने अवसर हुनेछ र यो तपाईंका लागि सम्बन्ध थप सुदृढ गर्ने उपयुक्त समय समेत हो । स्वास्थ्यको दृष्टिले तपाईं राम्रो स्थितिमा हुनुहुनेछ र मानसिक शान्तिको अनुभव गर्नुहुनेछ । डिसेम्बरको अन्त्यमा तपाईंले आफ्नो जीवनको दिशा र उद्देश्य प्राप्त गर्नुहुनेछ । आत्मविश्वासमा वृद्धि भएको महसुस हुनेछ भने आगामी वर्ष (२०२६) का लागि नयाँ लक्ष्यहरू तयार हुनेछन ।

प्रतिक्रिया