आइतबार, वैशाख १४, २०८२

संगीतको साथ होटेल गुँजमा नयाँ वर्षको उत्सव

नेपालखोज २०८१ पुष १६ गते ११:४१

काठमाडाैं । बर्दिबासको महोत्तरीमा उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात होटेल गुँजले आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दै छ ।

रमाइलो वातावरण स्वादिलो परिकारको साथ चर्चित कलाकारको प्रस्तुति रहने यस नयाँ वर्ष विशेष कार्यक्रम २०२४ डिसेम्बर ३१ मंगलबारदेखि २०२५ जनवरी १ बुधबारसम्म २ दिनको लागि हुने होटेल गुँजले जानकारी दिएको छ ।   

होटेल गुँजको जानकारी अनुसार न्यु ईयर ईभ र न्यु ईयरको दिनमा ‘समुन्द्र ब्यान्ड’ र ‘द हाईम्स ब्यान्ड’ को संयुक्त लाइभ म्युजिकको प्रस्तुति रहने छ । साथै डिजेको प्रस्तुति, बार्बेक्यु नाईट र विभिन्न आतसबाजी लगायतको कार्यक्रम पनि रहेको छ ।

कार्यक्रमको बारेमा होटेल गुन्ज का म्यानेजर सुशान्त कार्कीले भने, ‘हाम्रा अतिथिको यो नयाँ वर्ष वास्तवमै अविस्मरणीय रहोस् भन्नको लागि हामीले विविध प्रतिभाशाली व्यक्तित्वको साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ । हामीलाई विश्वास छ कि संगीत, स्ट्यान्ड-अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधीको साथ हाम्रा अतिथिको नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाईसँग नयाँ वर्ष विशेष बनाउनको लागि अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।’

यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेको लागि प्रवेश नि:शुल्क रहेको छ ।

प्रतिक्रिया