लागूऔषधसहित वीरगञ्जमा एक जना पक्राउ
नेपालखोज
२०८१ पुष १६ गते १२:३३

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका-१६ भन्सार इलाकाबाट खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
लागूऔषधसहित बहुदमाई गाउँपालिका-३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेकाे हाे ।
प्रहरीले भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद गरेकाे छ ।
उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि पठाइएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया