उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत

नेपालखोज २०८१ पुष १६ गते १२:४०

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विभागमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० सदस्य मनोनयन गरेका हुन् ।

चिनकाजी श्रेष्ठ प्रमुख रहेको विभागमा खगेश्वर बोहरा, मीनबहादुर भण्डारी, ध्रुव खड्का, जमसेर अलि मियाँ र सिताराम परियार रहेका छन् ।

यस्तै, शम्भुहरि बास्तोला, सञ्जीव घिमिरे, जुनु गुरुङ, ई. विजयकुमार सिंह र राजीव श्रेष्ठ मनोनीत भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया