रवि लामिछानेसहित ७ जनाकाे बयान सकियो, थुनछेक बहस सुरु

नेपालखोज २०८१ पुष १६ गते १५:४७

काठमाडाैं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा मंगलबार रविसहित मुद्दा दर्ता भएका ७ जनाको बहस सकिएको हो । आजैबाट थुनछेक बहस सुरु भएको जिल्ला अदालत कास्कीले जनाएको छ ।

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लियएको हो ।

सबै प्रतिवादीको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो ।

प्रतिक्रिया