आइतबार, वैशाख १४, २०८२

तीन अर्ब ६५ करोड बैंक तथा फाईनान्सको मुद्धती निक्षेपमा राखिने

नेपालखोज २०८१ पुष १६ गते १६:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब ६५ करोड ९३ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ ।

राष्ट्र बैंकले मंगबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बिभिन्न कोषमा रहेको रकम ३६७ दिने मुद्धतीको रुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको अवधि जनवरी १६, २०२५ देखि जनवरी १७, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीले यही पुस १९ गते शुक्रबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकको लागि दुई अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, विकास बैकको लागि ५४ करोड ८८ लाख रुपैयाँ र फाईनान्स कम्पनीको लागि १८ करोड २९ लाख रुपैयाँ रहेको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्था सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधान तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया