हर्कराज राई प्रतिनिधिसभाको सचिवमा नियुक्त
नेपालखोज
२०८१ पुष १६ गते १६:२०

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई आज नियुक्त गरेका हुन् ।
सभामुख घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
सम्बन्धित

प्रतिक्रिया