आज चार संसदीय समितिको बैठक बस्ने
नेपालखोज
२०८१ पुष १७ गते १०:२५

काठमाडौं । संसदीय समितिको आज चारवटा बैठक बस्ने भएकाे छ ।
आज बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्ने भएकाे छ । बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरुसँग छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले मिति २०८१/०५/११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया