राष्ट्रपति पौडेलसँग राजदूतले लिए शपथ

नेपालखोज २०८१ पुष १७ गते १२:१५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा आज राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया