ग्लोबल आइए मई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन 

नेपालखोज २०८१ पुष १७ गते १२:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । 

यही पौष १८ गते बिहीबार देखी ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दै छ ।  उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सात वटै प्रदेशमा एक दिने नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । 

शिविरमा स्त्रीरोग विज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा-महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवा नि:शुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

बैंकले सबै प्रदेशमा यही पौष महिनामा उक्त शिविरसञ्चालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौंडा उपमहानगरका-११ मकवानपुर स्थित सरस्वती टोल हलमा पौष १८ गते बिहीबार, मधेस प्रदेशमा कलैया उपमहानगरका-१, बारा स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाउँपालिका-१ पर्वत स्थित भुक स्वास्थ्य चौकीमा पौष २० गते शनिवार, कोशी प्रदेशमा विराटनगर महानगरका-१२, मोरङ स्थित आधारभुत स्वास्थ्य चौकी, बर्खी टोलमा पौष २१ गते सोमबार, लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका-११, रुपन्देही स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पौष २३ गते बुधबार, कर्णली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका-२ सुर्खेत स्थित दौलाटपुर स्वास्थ्य चौकीमा पौष २६ गते शनिवार   र  सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका-८ कैलाली स्थित स्याउले आधारभुत स्वास्थ्य चौकीमा पौष २८ गते सोमबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ । 

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैकले लिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकलाई प्रत्यक्षता लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइए मई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइए मई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइए मई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिटेन्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ । 

प्रतिक्रिया