किसानलाई दिने अनुदान दुरुपयोग रोक्नु पर्छ : तिमिल्सिना

नेपालखोज २०८१ पुष १८ गते ११:५९

काठमाडाैं । नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग रोक्न कडा कदम चाल्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा तिमिल्सिनाले अनुदान लिनेको रेकर्ड खोजेर आम समुदाय र पत्रकार माझ सार्वजनिक गर्ने चेतावनी दिए । किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रबृति बढ्दै गएको भन्दै उहाले विचौलियाको हातमा अनुदान जानबाट रोक्न कडा कदम चाल्ने धारणा राखे ।

अध्यक्ष तिमिल्सीनाले किसानको हकअधिकारविरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाठ नगर्ने बताए । उनले कृषिमा यान्त्रिकिरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यानदिनुपर्ने जिकिर गरे ।

अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह गरे । विक्रि नभएमा गरिब र विपन्न परिवारलाई दिन उहाले अनुरोध गरे ।

प्रतिक्रिया