मिटरब्याजीको आरोपमा नेकपा (बहुमत) दाङका सेक्रेटरी खड्का पक्राउ
नेपालखोज
२०८१ पुष १८ गते १२:२३

काठमाडाैं । मिटरब्याजीको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन् ।
रोल्पाबाट दाङको घोराहीतर्फ जादैँ गरेका खड्कालाई घोराही उपमहानगरपालिका-१९ बाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीमाथि ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि मिटरब्याजीको आरोपमा दुर्व्यवहार गरेको लगायतका आरोप छ ।
उनले अहिलेसम्म पीडितबाट जाहेरी नआएकोले सार्वजनिक अपराधको मुद्दामा चलाउने तयारी छ ।
सम्बन्धित

प्रतिक्रिया