एमाले सचिवालयबाट राजनीतिक प्रतिवेदन पारित
नेपालखोज
२०८१ पुष १८ गते १५:५१

काठमाडौं । एमाले सचिवालय बैठकले राजनीतिक प्रतिवेदन पारित गरेकाे छ ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको हो ।
एमालेको केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ । उक्त बैठकका निम्ति पेश गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा बैठकमा छलफल भएको छ ।
प्रतिवेदनमाथि आवश्यक छलफल गरेर प्रतिवेदन पारित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए । सचिवालयले पाश गरेको प्रतिवेदन अध्यक्ष ओलीले केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय भएको ज्ञवालीले बताए ।
सम्बन्धित

प्रतिक्रिया