शुक्रबार, वैशाख १२, २०८२

कर्णाली प्रदेश सभा बैठक आह्वान

नेपालखोज २०८१ पुष १९ गते ११:०१

काठमाडाैं । कर्णाली प्रदेश सभाको बैठक आह्वान गरेकाे छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते बैठक आह्वान गर्न सिफारिस गरेको हाे ।

यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा कार्यसंचालन नियमावली स्वीकृति गरेको छ भने आम सञ्चारसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

आजको बैठकले विभिन्न १८ वटा निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद्का निर्णय आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ ।

प्रतिक्रिया