सहसचिवमा १० खुलाबाट र ९० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने लोकसेवाको प्रस्ताव
नेपालखोज
२०८१ पुष १९ गते १३:२२

काठमाडौं । लोकसेवा आयोगले सहसचिवमा १० प्रतिशत खुलाबाट र ९० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रस्ताव गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले सहसचिवमा १० प्रतिशत खुलाबाट र ९० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रस्ताव गरेका हुन । ‘माथिल्लो तहमा १० प्रतिशत र ९० प्रतिशत आन्तरिक बढुवाबाट गर्नु उपयुक्त हुन्छ,’ रेग्मीले भने ।
यस्तै, अध्यक्ष रेग्मीले आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरे । संघीय निजामती सेवामा यस सम्बन्धी व्यवस्था राख्ने आयोगको प्रस्ताव छ ।
‘मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त सचिवको अवधि ४ वर्ष कायम गरौं’, अध्यक्ष रेग्मीको प्रस्ताव छ ।
सम्बन्धित

प्रतिक्रिया