सांसद ढकाल र श्रीलेकाका पूर्व पूर्वराष्ट्रपति विक्रमासिंघबिच भेटवार्ता

नेपालखोज २०८१ पुष १९ गते १५:१४

काठमाडौं । प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहेका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघसंग बिहिबार भेटवार्ता गरेका छन् ।

काठमाडौंको एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । सांसद ढकालले पूर्व राष्टपति रनिल विक्रमासिंघले लुम्बिनी भ्रमण गरेकाेमा धन्यवाद समेत दिए ।

भेटमा दूई देशको आपसी हितको बारेमा पनि छलफल भएको भेटका सहभागी नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल जानकारी दिए ।

सांसद ढकाल प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य समेत हुन् ।

प्रतिक्रिया