नेपाल लाइफले सार्वजनिक गर्‍यो आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बिमा योजना

नेपालखोज २०८१ पुष १९ गते १६:२४

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना सार्वजनिक गरेको छ ।

न्यूनतम बिमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ यही पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बिमा योजना सार्वजनिक गरेका हुन । 

एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि  आर्थिक सुरक्षा, सुनिश्चितता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बिमा हो । यसको न्यूनतम बीमाङ्क रकम पाँच लाख र  अधिकतम बीमाङ्क रकम एक करोड रुपैयाँ रहेको छ ।

यस योजनामा सरिक हुन  बीमितको उमेर न्यूनतम  १८ वर्ष र  अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बिमा अवधि न्यूनतम एक वर्ष देखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बिमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । 

यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष अवधि सम्म लिन सकिने छ  । यस योजना अन्तर्गत बिमा अवधि भित्र जुनसुकै समयमा बीमितको मृत्यु भएमा बीमाङ्क  रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतःअन्त्य हुनेछ ।

कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभास भएको बताए । सामान्य सिद्धान्त अनुसार आम्दानीको १५ गुणासम्मको बिमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे । जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बिमा योजना सार्वजनिक गरिएको बताए ।

यो पोलिसिलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठुलो जोखिम बहन हुने बताए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह गरे । कोर प्रडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बिमा उद्योगमा यो योजना कोसे ढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताए । यस योजनाको उद्देश्यलाई मूर्तता प्रदान गर्न समस्त अभिकर्ता तथा कर्मचारीहरूलाई अग्रसरताका साथ अगाडि लम्कन आग्रह गरे । 

यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बिमा योजना छुट्टै बीमालेखको रूपमा पनि लिनुका साथसाथै अन्य छ वटा योजनामा पूरक करार सुविधाको रूपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।

यस योजनालाई मूर्तरूप प्रदान गर्न सहयोग गर्नै नियामक निकाय नेपाल बिमा प्राधिकरण, एक्चुअली डिपार्टमेन्ट तथा यसलाई साकार पार्न अहोरात्र खट्ने  सबैलाई बधाई ज्ञापन गरे । 

यो योजना सबै सरोकारवालाको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह गरे । आम ग्राहकको आजको आवश्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिक गरिएको कुरा बताए । 

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायलले यो योजना उकृष्ट रहेको र यसले बिमाको दायरा बढाई हरेक आयस्रोत भएका वर्गमा बिमाको पहुँच पुर्‍याउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीलाई दत्त चित्त भई लाग्न अनुरोध गरे । साथै नेपाल लाइफ जीवन बिमा क्षेत्रको एक अग्रणी संस्था भएकाले आर्थिक जोखिमलाई कम बीमाशुल्कमा बीमितलाई आवश्यक पूर्ण सुरक्षा प्रदान गर्न यो योजना ल्याइएको कुरा प्रकाश पारे । यस किसिमको योजनाले बिमालेखको विविधीकरण गर्दै संस्थालाई स्थायित्व प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

तालिम विभागका प्रमुख रोजेश बस्नेतले यो योजना सँग आधारित प्रस्तुति दिए । उनले यो योजनाका मुख्य विशेषता र यसका फाइदाका विषयमा स्पष्ट पारे । साथै उनले नेपाल लाइफ रक्षा कवच मात्र लिँदा कुन कुन पूरक करार जोड्न मिल्छ भन्ने उदाहरणसहित प्रस्तुतीकरण दिएका थिए ।

यसका साथै यो योजना अन्य बचत सहितको सावधिक र आजीवन जीवन बिमा योजनामा जोडेर लिँदा के कस्ता सुविधा थप प्राप्त हुन्छ भन्ने पनि उदाहरणसहित प्रस्तुतीकरण दिएका थिए ।  
  

प्रतिक्रिया