नेपाल वायुसेवा निगमको सहकार्यमा महिलाका लागि साइबर सेक्युरिटी सम्बन्धि तालिम कार्यक्रम
नेपालखोज
२०८१ पुष १९ गते १६:५५

काठमाडाैं । हात हातमा ‘स्मार्ट फोन’ र इन्टरनेटको पहुँच पुगेसगैँ बढ्दो साइबर अपराधबारे सचेत गराउन बिष्णु-सरस्वती फाउण्डेशनले टोखा नगरपालिका-२ स्थित निगरानि महिला समुहमा महिलाका लागि साइबर सेक्युरिटी सम्बन्धि तालिम कार्यक्रम दिइएको छ । नेपाल वायुसेवा निगमको सहयोगमा यस कार्यक्रमको आयोजना भएको हो ।
तालिम कार्यक्रम मिती २०८१ साल पौष १८ गते बिहिबार टोखा नगरपालिका-२ मा रहेको क्लबको हलमा सञ्चालन भएको थियो । तालिममा साइबर सेक्युरिटी र हालको चुनौतीका विषयमा जानकारी गराइएको हो ।
याे तालिममा केही बालबालिकाको पनि सहभागिता थियो । यो तालिमले महिलाहरुको दैनिक जीवनमा आइपर्ने समस्या हल गर्न सघाउ पुग्ने बताइएको छ ।
नेपाल वायुसेवा निगमको सहयोगमा आयोजना गरिएको यस तालिम कार्यक्रममा निगरानि महिला समुहका महिलाका साथै जनप्रतिनिधिलाई समेत सहभागी गराइएको थियो ।
सम्बन्धित

प्रतिक्रिया