पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

नेपालखोज २०८१ पुष २० गते ९:५६

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । उपचारका क्रममा गएराति चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमा निधन भएको जनाइएकाे छ ।

श्यामसुन्दर पुडासैनी हाल नेपाल भ्युजमा उपसम्पादकको भूमिकामा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइम टेलिभिजन र रेडियो अन्नपूर्ण जस्ता प्रतिष्ठित मिडियामा काम गरिसकेका थिए ।

प्रतिक्रिया