बुहारीको हत्या आरोपी १६ वर्षपछि पक्राउ

नेपालखोज २०८१ पुष २० गते ११:३०

काठमाडौं । रौतहटमा एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरेकाे हाे । पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

उनीमाथि आफ्नै भाइकी श्रीमती शारदा देवीको हत्या गरेको आरोप छ । शारदाको २०६५ पुस २७ गते खेतमा गाडेको अवस्थामा शव फेला परेको थियो ।

त्यसबेलादेखि जितन फरार थिए ।

प्रतिक्रिया