जनावरलाई मार्न विद्यतीय धराप थाप्ने ४ युवक पक्राउ

नेपालखोज २०८१ पुष २१ गते १०:२३

काठमाडाैं । कैलालीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा युवक परेको घटनामा चारजना पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका-१ को मौवारी सामुदायिक वनमा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।

प्रहरीले उक्त घटनामा गौरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरीलाई पक्राउ गरेकाे हाे ।

उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया