बिहीबार, जेठ ३०, २०८२

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे आईपीओ खुल्ला

नेपालखोज २०८१ पुष २१ गते ११:४३

काठमाडाैं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि शेयर (आईपीओ) खुला गरेको छ ।

गार्डियन इन्स्योरेन्सले झन्डै १ वर्षपछि आज (आइतबार) देखि सर्वसाधारणका लागि कूल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको हो ।

कूल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गरिएकामा वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी साढे १८ लाख कित्ता सर्वसाधारणका लागि खुलाएको हो ।

आईपीओमा १०० अंकित मूल्यका दरले कम्तीमा १० कित्ता र अधिकतम १ लाख कित्ता लागि आवेदन दिन सकिनेछ । आवेदन पुष २४ गतेसम्म खुला रहने जनाइएको छ ।

प्रतिक्रिया