देशका धेरै ठाउँमा हुस्सु र कुहिरो, वर्षा र हिमपातको सम्भावना कति ?
नेपालखोज
२०८१ पुष २२ गते ६:०८

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।
सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया