आज पनि माओवादी बैठक बस्दै

नेपालखोज २०८१ पुष २२ गते ८:०३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो ।

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने प्रदेशबाट रिपोर्टिङ भएको थियो ।

दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, स्रोत खुलाउनु पर्ने छ ।

आजको बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् ।

प्रतिक्रिया