नेप्सेमा छ अंकले वृद्धि, पाँच अर्ब ३८ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ४९ दशमलव १२ अंंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मङ्गलवार भने छ दशमलव १६ अंकले बढेर २६ सय ४६ दशमलव ८४ अंकमा पुगेको छ ।
यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८९ अंकले बढेर चार सय ५० दशमलव ४८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरूको ६६ हजार छ सय २६ पटकको कारोबारमा एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहको सुचक घटेका छन भने आठ वटा समुहहरुको सुचक बढेका छन् । लगानी समुहको सुचक भने स्थिर देखिएको छ । नेप्सेमा आज वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ८१ अंकले घटेर १३ सय ९३ दशमलव ४९ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहको सुचक पनि क्रमशः दुई दशमलव ६६, १७ दशमलव ५० र तीन दशमलव ५१ अंकले झरेको छ ।
बिकास बैंक समुहको सुचक भने ४३ दशमलव ७५ अंकले बढेर पाँच हजार चार सय ६३ दशमलव ९९ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ७७ दशमलव २० अंकले बढेर दुई हजार नौं सय ८४ दशमलव २५ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ५६ अंकले बढेर तीन हजार छ सय ८० दशमलव २४ अंंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ८५ दशमलव ९२ अंकले बढेर १२ हजार आठ सय छ दशमलव १६ अंकमा पुगेको छ ।
यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि क्रमश ५३ दशमलव ७५ अंकले बढेर १२ हजार छ सय ३९ दशमलव ४२ अंकमा चढेको छ । यि बाहेक लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः २१ दशमलव ७७, शुन्य दशमलव शुन्य सात र २६ दशमलव ९४ अंकले बढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिन्धु बिकास बैंक नैं परेको छ ।
प्रतिक्रिया