राष्ट्र बैंकले जारी गर्याे लघुवित्त संस्थाको लागि संचालन मार्ग दर्शन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थााहरुको लागि सञ्चालन मार्गदर्शन जारी गरेको छ । मंगलबार लघुवित्त संस्थाहरुको हकमा कार्यान्वयनमा आउने उक्त मार्गदर्शन जारी भएको हो । राष्ट्र बैंकले मार्गदर्शन मार्फत भनेको छ, आर्थिक विकास एवम्गरिबी निवारणको उद्देश्य परिपूर्ति गर्ने सिलसिलामा वित्तीय पहुँचको विस्तार तथा स्थानीय स्तरमा वित्तीय साधनको प्रवर्धन गर्न लघुवित्त वित्तीय संस्थाको महत्वपूर्ण भुमिका रहेको छ ।
र पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्यालाई मध्यनजर गर्दा यस क्षेत्रलाई थप व्यवस्थित एवम् सुदृढ बनाउन अपरीहार्य देखिन्छ ।
सोही परिपेक्ष्यमा लघुवित्त वित्तीय संस्थाहरूको वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न बिभिन्न समयमा गठित उच्चस्तरीय अध्ययन समितिहरुले लघुवित्त वित्तीय संस्थामा देखिएका समस्याहरूको पहिचान गर्दै सोको समाधानका लागि कर्जा व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, कर्मचारी प्रशासन, व्यवसाय संचालन एवम्ग्राहक संरक्षण लगायतका विषयहरुमा सिफारिश गरेका सुझावहरु समेटी लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङको अवधारणा समेतका आधारमा संचालन गर्न यो मार्गदर्शन जारी गरिएकोह हो, राष्ट्र बैंकले भनेको छ ।
कर्जा सम्बन्धी मार्गदर्शन अन्र्तगत राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई कर्जा विश्लेषण, कर्जा सदुपयोगिताको अनुगमन एवम् कर्जा असुली लगायतका विषयसहित तर्जुमा गरिएकोकर्जा नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्न, व्यवसाय वा परियोजनाबाट अपेक्षित आय, व्यावसायिक योजना, ऋणीको साख सूचना/यथार्थपरक पारिवारिक आय लगायतका विषयहरु समेटी कर्जाको विश्लेषण विधिको विकास गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न, ऋणीको आम्दानी तथा व्यवसायको नगद प्रवाहको आधारमा कर्जा भुक्तानी तालिका तयार गरी सम्बन्धित ग्राहकलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
यसैगरी कर्जा प्रवाह वा नवीकरण गर्दा हाल भईरहेको कर्जा सूचना लिने÷दिने व्यवस्थालाई व्यवस्थित एवं थप प्रभावकारी बनाउन, लघु उद्यम सञ्चालनको लागि परियोजनानै धितोमा रहने गरी प्रवाह भएको कर्जाको हकमा परियोजनाको बीमा अनिवार्य रुपमा गर्ने अभ्यासलाई प्रवद्र्धन गर्न, यसरी परियोजना नै धितो रहने गरी प्रवाह गरिएको कर्जालाई स्थानीय आवश्यकता र सम्भाव्यताका आधारमा व्यावसायिक उत्पादनमा आधारित उद्यम÷परियोजनामा परिचालन गर्न ऋणीहरुलाई अभिप्रेरित गर्न, संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि प्रयोग गरे नगरेको एवम्समूह सदस्य स्वयम्ले ऋण वापत रकम प्राप्त गरे नगरेको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्न पनि निर्देशन दिएको छ ।
मार्गदर्शन अनुसार लघुवित्त संंस्थाहरुले कर्जा सदुपयोगिताको अनुगमनका लागि स्पष्ट जिम्मेवारी तोकिएको ऋण अधिकृत÷कर्मचारी नियुक्त गरी ऋणीसँग निरन्तर सम्पर्कमा रही कर्जालाई सही प्रयोजनमा उपयोग गर्नका लागि ऋणीलाई अभिप्रेरित गर्न, ऋणीले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि प्रयोग गरेको नगदको स्रोतको अनुगमन गर्न, कर्जा सदुपयोगिताको अनुगमन कम्तीमा अर्धवार्षिक रुपमा गरी आवधिक प्रतिवेदन तयार गरी कार्यान्वयनमा ल्याउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि नअपनाउ निर्देशन दिदैं राष्ट्र बैकले कर्जा असुली गर्दा ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग नर्गन, ऋणीलाई अनावश्यक रुपमा फोन नगर्न, ऋणीको परिवार, साथी एवम् सहकर्मीलाई अपमान नगर्न, ऋणी वा परिवारको सम्पत्ति वा मान प्रतिष्ठामा हानि नोक्सानी पुग्ने गरी हिंसाको धम्की दिन नदिन, ऋणीलाई ऋण नतिर्दा आउनसक्ने परिणामका बारेमा गलत सूचना नदिन समेत निर्दैशन दिएको छ ।
राष्ट्र बैंकका अनुसार ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थानमा जस्तैः समूह वैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने र लगातार तीन पटक भन्दा बढी सम्बन्धित ठाँउमा अनुपस्थित भएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जाने अभ्यासलाई अवलम्बन गर्र्नुपर्ने छ ।
यसैगरी आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी मार्गदर्शन अन्र्तगत लघुवित्त वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन संस्थाले लेखा परीक्षणका सम्बन्धमा तालिम प्राप्त पर्याप्त कर्मचारीहरुको व्यवस्था गरी आफ्नो आन्तरिक लेखा परीक्षण इकाईलाई सुदृढ बनाउनुपर्ने, आन्तरिक लेखापरीक्षण समितिलाई क्रियाशील बनाई शाखा कार्यलयहरुको लेखापरीक्षण कार्यलाई नियमित रुपमा अनुगमन गर्नुपर्ने, आन्तरिक लेखापरीक्षकले स्वतन्त्र रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने, सञ्चालक समितिले संस्थाको कार्यकारी प्रमुख, उच्च व्यवस्थापन एवम् आन्तरिक समिति उपसमितिहरू लाई स्वतन्त्र रुपमा आफ्नो काम कर्तव्य गर्न सक्ने वातावरण बनाउनु पर्ने, संस्थाले सूचना प्रविधि प्रणालीेको पूर्वाधार, सूचना प्रविधि सफ्टवेयरको पर्याप्तता, उपयुक्तता, सुरक्षा जोखिम तथा नियन्त्रण प्रणाली लगायतका विषयहरु समेटी प्रभावकारी रुपमा सूचना प्रविधि प्रणालीेको लेखापरीक्षण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
कर्मचारी प्रशासन सम्बन्धी मार्गदर्शन अन्र्तगत कर्मचारीको न्यूनतम पारिश्रमिक एवम् काम गर्ने समय श्रम ऐन २०७४ अनुरुप कायम गरिनुपर्ने, श्रम मापदण्डका सम्बन्धमा रहेका अन्तर्राष्ट्रिय अभ्यासलाई समेत अवलम्बन गरी कर्मचारीको हक, हित तथा सुविधाको व्यवस्था गर्ने पद्धतिको विकास गर्नुपर्ने, संस्थाले कर्मचारीको नियुक्ति, तालिम, पदोन्नति, कारवाही लगायतका विषयमा प्रष्ट रुपमा कार्यविधि वा प्रणालीको विकास गरी उक्त कार्यविधि वा प्रणालीको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार संस्थामा उच्च तहका (शाखा व्यवस्थापक÷प्रबन्धक वा सोभन्दा माथि) कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको कार्य इतिहास एवम् आचरणको अनिवार्य रुपमा विश्लेषण गरेर मात्र नियुक्ति गर्ने पद्धतिको विकास गर्न, व्यवस्थापकीय तहका कर्मचारीहरूलाई स्पष्ट कार्यविवरण उपलब्ध गराई कम्तीमा अर्धवार्षिक रुपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने व्यवस्था कर्मचारी विनियमावलीमा हुनुपर्ने छ ।
संस्थाले कर्मचारीको छनौट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिम लगायत सर्टिफिकेशन कोर्स लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारको रुपमा लिने पद्धतिको विकास गर्न, कर्मचारीहरूको वृत्तिविकासका लागि उपयुक्त तालिम, कार्यअनुभवका एवं कार्यक्षमताका आधारमा पदोन्नति÷जिम्मेवारी दिने अभ्यासलाई प्रवद्र्धन गर्नुपर्ने छ ।
नयाँ कर्मचारीहरूलाई अनिवार्यरुपमा लघुवित्तको आधारभूत सिद्धान्त, कार्यप्रणाली लगायतका विषय सम्बन्धीे तालिम प्रदान गरेर मात्र कार्यमा खटाउनुपर्ने, कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धि गर्न आन्तरिक तालिमलाई समेत प्रवद्र्धन गर्नुपर्ने, कर्मचारीहरुलाई कर्जा विश्लेषण, कर्जा सदुपयोगिता अनुगमन, कर्जा असुली एवम्ग्राहक सेवाका सम्बन्धमा अनुशरण गर्नुपर्ने व्यवहारका सम्बन्धी तालिम प्रदान गर्नुपर्दछ र तालिमको प्रभावकारिता मापन गर्ने विधिको विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने, संस्थाले कर्मचारी आचारसंहिता बनाई लिखित रुपमा सम्पूर्ण कर्मचारीलाई जानकारी गराई सो विषयमा अभिमुखीकरण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
प्रतिक्रिया