अदालतमा उपस्थित भइन् ऋषिकेश पत्नी अंजला

नेपालखोज २०८१ पुष २४ गते ११:५०

काठमाडाैं । मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइराला अदालतमा उपस्थित भएकी छन् । अंजला जिल्ला अदालत मोरङमा बुधबार उपस्थित भएकी हुन् ।

गत मंसिर २७ गते सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीसहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा दायरपछि विराट रात्रि माविकी शिक्षिका समेत रहेकी कोइराला फरार भएकी थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै थुनछेक बयान हुने गरी पेशी तोकिएको छ ।

प्रतिक्रिया