आइतबार, वैशाख १४, २०८२

लक्ष्मी सन्राइज बैंकको २४ वार्षिक साधारणसभा सम्पन्न

नेपालखोज २०८१ पुष २४ गते १५:००

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । बैंकले बुधबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

भाले बैंकको चुक्ता पूँजीको पाँच प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८०/८१ मा ३३३ अर्ब रुपैयाँ निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पुर्याएको बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । याे आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया