सार्वजनिक लेखासमिति सभापतिका स्वकीय सचिव अनिल पोखरेल पक्राउ
नेपालखोज
२०८१ पुष २५ गते ११:५४

काठमाडाैं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । स्वकीय सचिव अनिल बिहीबार बिहान पक्राउ परेका हुन् ।
मोरङको रंगेली नगरपालिका- २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको हाे ।
उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका-५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
सम्बन्धित

प्रतिक्रिया