१८ अंकले घट्याे नेप्से, सात अर्ब ३० करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार परिसूचक नेप्से १८.१४ अंक अंकले घटेको छ । आज नेप्से १८.१४ अंकले घटेर २ हजार ६३५.०९ बिन्दुमा रोकिएको हो ।
आज नेप्से ३०८ वटा कम्पनीको ७३ हजार ३०९ पटकको कारोबारमा आज एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता किनबेच भएकोमा कुल कारोबार रकम ७ अर्ब ३० रकोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएका छन् । आज होटेल तथा पर्यटन समूहको सूचक ६६.२९ अंकले बढेर ६ हजार ६९६.३५ अंकमा पुगेको छ भने बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।
वाणिज्य बैंक समूहको सूचक ६ अंकले घटेर १ हजार ३८४.६० अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक १४.३० अंकले घटेर तीन हजार ६७४.६२ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक १४६.९८ अंकले घटेर १२ हजार ७२०.४० अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक ४३.०१ अंकले घटेर १२ हजार ५७९.३० अंकमा पुगेको छ ।
आज बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बाराही हाईड्रोपावर कम्पनीली सबैभन्दा बढी कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । सुपरमादी हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया