संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेकाे छ : भीम रावल
नेपालखोज
२०८१ पुष २५ गते १५:५८

काडमाडाैं । नेकपा एमालेका पूर्व नेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधान संशोधनका लागि भन्दै सरकार बनाउने र संशोधनको काम भने २०८७ सालमा गर्ने तयारीले जनतालाई झुक्काउने काम भएको बताए ।
उनले जनताको आँखामा पट्टी लगाएर आफुमात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने धारणा राखे । रावलले सरकार सञ्चालन गर्ने र महत्वपूर्ण पदमा बस्नेले देशलाई आफ्नो हित अनुकुल प्रयोग गरेको आरोप समेत लगाए ।
देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेति मौलाइरहेको भन्दै देशभक्तले मुलुकमा स्थापीत गरेको जगलाई भत्कन नदिन एक भइ डटेर सामना गर्नुपर्ने उनकाे धारणा छ ।
सम्बन्धित

प्रतिक्रिया