नेशनल लाई फका ४०० भन्दा बढी अभिकर्ताले लिए इन्ट्रेन्स इस्टिच्यूट अफ इन्डियाबाट तालिम
काठमाडौं । नेशनल लाईफ इन्ट्रेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ता र मार्केटिङ कर्मचारीलाई इन्ट्रेन्स इन्स्टिच्युट अफ इन्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ता र मार्केटिङ कर्मचारीलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।
कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल वि.के. नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बर जे. सेन, मिहिर गोस्वामी, अनिरवन शाह लगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कलेजका प्रिन्सिपल वि.के. नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागीलाई स्वागत गरेका थिए ।
उनले यति धेरै अभिकर्तालाई नेपाल बाट इन्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागी गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्टेट सम्बन्धनमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नवीन सोच लिई अगाडी बढेमा बिमा व्यवसायमा सफलता प्राप्त हुने बताए ।
यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेस कन्ट्यूनिटी सईकलाका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकको रुचि, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बिमा बिक्री गर्ने र बिक्री पश्चात् ग्राहकसँग सधैँ सम्बन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएका करिब ४०० जना भन्दा बढी अभिकर्ता र कम्पनीका मार्केटिङ कर्मचारीलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकले तालिम प्रमाण पत्र वितरण गरेका थिए ।
बिमा जगतमा प्रतिष्ठित संस्था इन्ट्रेन्स इन्स्टिच्युट अफ इन्डियाको तालिममा सहभागी भई तालिम प्रमाण पत्र प्राप्त गर्नु एउटा ठुलो अवसर भएको र यो अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभारी रहेको सहभागी अभिकर्ताले बताएका थिए ।
प्रतिक्रिया