शुक्रबार, माघ ११, २०८१

सातामा ३० अर्ब २६ करोड ३६ लाख रुपैंयाँको शेयर किनबेच

नेपालखोज २०८१ पुष २६ गते १३:२५

काठमाडौं । यस साता सेयर बजार परिसूचक नेप्से दुई हजार छ सय ३५ दशमलव शून्य नाैं बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४८ दशमलव ५४ बिन्दुमा कायम भएको छ ।

Advertisement

धितोपत्र बजारमा यो साता तीन सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ४८ हजार सात सय ६२ पटकको कारोबारमा छ करोड ८१ लाख ५५ हजार सात सय २१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३० अर्ब २६ करोड ३६ लाख ४१ हजार चार सय ९० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ११ अर्ब रुपैंयाँले बढी हो ।

गत साता तीन सय १५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ३० हजार आठ सय ७३ पटकको कारोबारमा चार करोड ३७ लाख ९४ हजार तीन सय ३२ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १९ अर्ब २५ करोड दुई लाख ८२ हजार पाँच सय ६९ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पाँचौं दिन नेप्से परिसुचक ओरालो लागेको थियो भने बाँकी दिनहरुमा लगातार उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक पाँच दशमलव ३२ अंकले उकालो लागेर २५ सय ९१ दशमलव ५६ बिन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६७ अंकले ओरालो लागेर चार सय ४२ दशमलव ८९ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक ४९ दशमलव १२ अंकले उकालो लागेर २६ सय ४० दशमलव ६८ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६९ अंकले उकालो लागेर चार सय ४९ दशमलव ५९ बिन्दुमा चढेको थियो ।

तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक छ दशमलव १६ अंकले उकालो लागेर २६ सय ४६ दशमलव ८४ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८९ अंकले उकालो लागेर चार सय ५० दशमलव ४८ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन पनि नेप्से परिसुचक छ दशमलव ३८ अंकले उकालो लागेर २६ सय ५३ दशमलव २३ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य दुई अंकले उकालो लागेर चार सय ५१ दशमलव ५१ बिन्दुमा चढेको थियो ।

पाँचौं कारोबार दिन भने नेप्से परिसुचक १८ दशमलव १४ अंकले ओरालो लागेर २६ सय ३५ दशमलव शुन्य नौं बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९७ अंकले ओरालो लागेर चार सय ४८ दशमलव ५४ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स, नेपाल फाईनान्स आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा जानकी फाईनान्स, प्रभु बैंक अगाडी देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया