स्थलमार्ग हुँदै काठमाडौं आउँदै रवि

नेपालखोज २०८१ पुष २६ गते १४:४७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् ।

सभापति लामिछानेले २ बजेको फ्लाइट क्यान्सिल गरेर स्थलमार्ग हुँदै आफ्नै गाडीमा काठमाडौं हिँडेका हुन् ।

रवि आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित तयारीमा छन् ।

अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

प्रतिक्रिया