प्रधानमन्त्री संविधान संशोधन नै नगर्ने दाउमा छन् : राजेन्द्र लिङ्देन
नेपालखोज
२०८१ पुष २६ गते १८:४५

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओली संविधान संशोधन नै नगर्ने दाउमा रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंगको छलफलपछि बाहिरिने क्रममा लिङ्देनले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सुन्दा संविधान संशोधन नै नगर्ने दाउमा रहेको देखिएको बताएका हुन् ।
बर्तमान सरकार निर्माणको प्रक्रियामा संविधान संशोधन गर्ने सहमति अहिले हावादारी कुरामा मात्रै सिमित हुने देखिएको उनले बताए ।
उनले देश नबन्नुपर्ने कुनै कारण नरहेको भन्दै देशको नेतृत्व र अहिलेको व्यवस्था देश बन्न नसकेकाले यसलाई परिवर्तन गर्न संविधान संशोधन अपरिहार्य रहेको धारणा राखे ।
उनले पृथ्वी दिवसको कार्यक्रमको निम्तो दिन प्रचण्ड र माधव नेपालसंग भेट गरेको जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया