आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा आवश्यक सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

नेपालखोज २०८१ पुष २६ गते २०:४५

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेकाे छ ।

मन्त्रालयले यस्ता उपकरणहरूको प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेकाे भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेकाे हाे । मन्त्रालयले यस वर्षपनि सावधानी नअपनाउँदा केहि व्यक्ति अस्पतालमा उपचाररत रहेकाे जनाएकाे छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘आगो ताप्ने, हिटर बाल्ने वा गिजर चलाउने कार्य हावा ओहोरदोहोर हुने स्थानहरू वा कोठामा मात्र गर्नु, सकेसम्म कोइला आधारित स्रोतबाट आगो नताप्नु, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामाग्रीहरू नजिक नराख्न, र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा अनुरोध गर्दछ । साथै सुनुअघि अनिवार्य रूपमा हिटर निभाउनुहुन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नुहुन, गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्नुहुन पनि मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’

मन्त्रालयले आगो तथा हिटर ताप्दा वा गिजरको प्रयोग गर्दा टाउको दुखे, रिंगटा चल्ने आदि जस्ता लक्षण देखिएमा तुरुन्त झ्याल ढोका खुला गरि हावा ओहोरदोहोर गराउन र खुला ठाउँमा जान पनि भनेकाे छ ।

प्रतिक्रिया