लागूऔषध चरेस र अफिमसहित २ भारतीय पक्राउ
नेपालखोज
२०८१ पुष २८ गते १२:०४

काठमाडाैं । प्रहरीले मकवानपुरबाट लागुऔषध चरेस र अफिम सहित २ भारतीयलाई पक्राउ गरेकाे छ ।
प्रहरीले २१ किलो ४६० ग्राम लागूऔषध चरेस र ३ किलो ४७० ग्राम अफिमसहित भारतको हरियाणा राज्यको हिसार जिल्ला ग्राम पञ्चायत गोविन्द नगर घर भएको २५ वर्षीय कुनाल गोथ्वाल र सोही स्थानका २० वर्षीय मनिस कुमारलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काका अनुसार इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान २ बजे थाहा नगरपालिका-११ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया